विराटनगर आगलागी : ४० लाख बराबरको क्षति, घाइतेलाई काठमाडौं लगियो

विराटनगर आगलागी : ४० लाख बराबरको क्षति, घाइतेलाई काठमाडौं लगियो
सुन्नुहोस्

विराटनगर : विराटनगरको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

 
विराटनगर महानगरपालिका-७ रातघुम्तीमा अन्जुला कवाडी र रिया ट्रेडर्स नामको कवाडी गोदाममा आगो लागेको हो। गोदाममा रहेका कवाडीका सामानहरू आगोले जलेर ध्वस्त हुँदा २५ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।
 
प्रहरीका अनुसार गोदामनजिक रहेको नरेश राठी र महेश राठीको घरको कोठामा रहेका १० वटा एसी, झ्यालका पल्लालगायत आगोले जल्दा १५ लाख बराबरको क्षति भएको जनाइएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले आगलागी हुँदा कवाडी गोदाम र छेउमा रहेका घरमा गरेर ४० लाख बराबरको क्षति भएको जानकारी दिए। उनका अनुसार घटनाका बारेमा प्रहरीले थप बुझ्दै छ। 

बुधबार दिउँसो २:१५ बजेतिर सुरु भएको आगो विभिन्न ठाउँबाट आएका दमकल, स्थानीय, प्रहरीसमेतको सहयोगमा साँझ ५ बजेतिर पूर्णरूपले नियन्त्रणमा लिइएको थियो। आगलागीमा परेर २ जनाको मृत्यु भएको छ। एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो। 

आगलागीमा परेर विराटनगर-७ का अन्दाजी ४० वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो। मृतक मण्डल कवाडी गोदामका सञ्चालक भएको बताइए पनि प्रहरीले पुष्टि गरिसकेको छैन। 

जलेर मृत्यु भएको अवस्थामा एक जना महिलाको शव घटनास्थलमा फेला परेको छ। मृतकको पहिचान खुलेको छैन। उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो। चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो। दुवै शवलाई कोसी अस्पतालमा राखिएको छ। 

आगलागीमा परेर घाइते भएकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो। तीमध्ये दीपकको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए। आगोले जलेर विराटनगर-६ की अन्दाजी ६० वर्षीया रीता सरदार, अन्दाजी ६५ वर्षीय सुशीला पासवान, ५८ वर्षीय किशोर कामत र मोरङको कटहरी गाउँपालिका-६ की अन्दाजी ३० वर्षीया पिंकी कामत घाइते भएका छन्। घाइतेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ। 

घाइतेहरूई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पताल लगिएको छ। नेपाली सेनाको स्काई ट्रकमार्फत् सबै घाइतेलाई साँझ काठमाडौं लगिएको हो। आगोले जलेर दुईवटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ। गोदामभित्र कामदारहरू काम गरिरहेको अवस्थामा एक्कासि आगो लागेको जनाइएको छ। निस्किने मुख्य गेटबाटै आगो लागेका कारण कामदारहरू बाहिर निस्किन नपाउँदा मानवीय क्षति हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.