एनसेल खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय

एनसेल खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय
प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

काठमाडौं : एनसेल खरिद बिक्री प्रकरणमा छलफल गर्न राज्यव्यवस्था समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरण शंकास्पद् देखएको भन्दै समितिले प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको हो।

समितिका सभापति रामहरि खतिवडाले एनसेल बिक्री प्रकरणमा छलफल गर्न प्रधानमन्त्री बोलाउने निर्णय भएको बताए। उनले भने अन्नपूर्णसँग भने, 'प्रधानमन्त्रीज्युको समय मिलाएर एनसेलको सेयर खरिद बिक्रीबारे छलफल गर्न उहाँलाई बोलाउने निर्णय भएको छ।'

यसअघि लेखा समितिले पनि प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको थियो भने अर्थ समितिले एनसेल खरिद बिक्री प्रकरणमा १५ दिन जवाफ पेस गर्न निर्देशन दिएको थियो।

यसैबीच उच्च अदालत पाटनले एनसेल खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अभिलेख खर्ता नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.