खोटाङमा नेपाली कांग्रेसभित्र विवाद : कारबाही परेका व्यक्ति नै महासमिति सदस्य

खोटाङमा नेपाली कांग्रेसभित्र विवाद : कारबाही परेका व्यक्ति नै महासमिति सदस्य
सुन्नुहोस्

उदयपुर : महासमिति सदस्य चयनका विषयलाई लिएर नेपाली कांग्रेस खोटाङमा विवाद चुलिएको छ। पार्टीको अनुशासन विपरित गतिविधि गर्ने व्यक्ति कारवाहीको क्रममा रहेका बेला महासमिति सदस्यमा निर्वाचित गराएको भन्दै महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका हुन्।

विधान र नीति नियम विपरित महासमिति सदस्य चयन गरिएको भन्दै महाधिवेशन प्रतिनिधिले आपत्ति जनाई नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिसंग विधिसम्मत निर्वाचनको माग गरेका छन्। १३ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित केन्द्रीय निर्वाचन समितिको कार्यालय सानेपा पुगेर बदरको माग गरेका हुन्। उनीहरुले मनोमानी ढंगबाट गरिएको उक्त कार्य तत्काल बदर गरी विधिसम्मत निर्वाचन गराउन माग गरेका हुन्।

मंसिर २० गते जिल्ला सभापति विष्णुकुमार राईले महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिलाई जानकारी नगराई विधान र नीति नियम विपरित नाटकीय ढंगले महासमिति सदस्य चयन गरिएको महाधिवेशन प्रतिनिधि बिरकाजी राईले बताए। उनका अनुसार महासमिति सदस्य चयनगर्दा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिलाई जानकारी गराएर मात्रै गठन गर्नुपर्ने प्रावधान छ तर नेपाली कांग्रेस खोटाङले पार्टीको विधान र नीति नियम विपरित महासमिति सदस्य चयन गरिएकोले खोटाङका २४ जना महाधिवेशन प्रतिनिधि मध्ये १३ जनाले असहमति जनाएका छन्।

असहमति जनाउनेहरुमा केन्द्रिय सदस्य तथा महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, प्रदेशसभा सदस्य तथा पार्टीका कोसी प्रदेश महामन्त्री भुपेन्द्र राई, संविधानसभा सदस्य तथा महाधिवेशन प्रतिनिधि हिरा गुरुङ, पूर्व सभापति तथा महाधिवेशन प्रतिनिधि नरेशकुमार श्रेष्ठ, वीरकाजी राई रहेका छन्। 

त्यसैगरी महाधिवेशन प्रतिनिधि तथा हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राई, महाधिवेशन प्रतिनिधि इच्छुराम राना, विश्वनाथ निरौला, शान्तिदेवी राई, दिवराज राई, रुद्र गिरी, इन्द्रप्रसाद घिमिरे, डिल्लीकुमारी आचार्य रहेका छन्। ‘नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई र महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन र नीति नियम विपरित २०७९ को निर्वाचनमा पार्टी नीति विपरीत काम गरी पार्टीलाई गम्भीर क्षति पुगेको सवुत प्रमाणसाथ रहेको छ।' पत्रमा भनिएको छ, ‘केन्द्र र प्रदेश अनुशासन समितिले उनीहरुलाई कारवाहीको सिफारिस गरिसकेको र केन्द्रीय अनुशासन समितिले उनीहरुलाई स्पष्टीकरण सोधी सकेको अवस्थामा फेरी उनीहरुलाई नै सम्मान दिनु पार्टीको औचित्य रहेन।'

राईले भने, ‘यस अवस्थामा विवादित व्यक्तिहरु सोही सिद्धान्त बमोजिम मौन वा तटस्थ बस्नु पर्नेमा हामी अधिकांश महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिलाई कुनै जानकारी तथा सूचना नै नदिई एकएक महासमिति सदस्य निर्वाचनको नाटक मञ्चन गरेकोप्रति हामी महाधिवेशन प्रतिनिधि तथा सिङ्गो खोटाङ कांग्रेस आश्चर्य चकित छौँ।’

कुनै पनि विषयमा कारवाहीको सिफारिस गरिएको व्यक्तिलाई निर्वाचित भएको घोषणा गर्नु गैरकानुनी र अराजक भएको बताउदै सभापति राई र महाधिवेशन प्रतिनिधि पोखरेललाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिवाट कारवाहीको टुंगो नलागेसम्म जिल्लाका सम्पूर्ण कार्यक्रमहरु बहिष्कार गर्ने पनि उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.