दिवंगत पितृको सम्झनामा नु्वाकोटका शिवधाममा छरियो शतबिज

दिवंगत पितृको सम्झनामा नु्वाकोटका शिवधाममा छरियो शतबिज
तस्बिर : देवचन्द्र भट्ट
सुन्नुहोस्

देवीघाट,नुवाकोट : बालाचतुर्दशीको अवसरमा नुवाकोटका विभिन्न शिव मन्दिरहरूमा शतबिज छर्ने मेला सम्पन्न भएको छ । विदुर नगरपालिका -५ देवीघाटमा रहेको शिवधामलगायत नुवाकोटका विभिन्न धाममा रहेका शिव मन्दिर तथा देवालयहरुमा रातभर जाग्राम बसेर आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै सर्वसाधारणले सोमबार बिहान शतबिज छरेका हुन् । 

null

नुवाकोटको देवीघाटस्थित शिवधाम, तारुकाको तारकेश्वर, वेत्रावति, कविलास, थानसिह, छहरेलगायतका स्थानमा रहेका शिव मन्दिरमा हजारौं भक्तजनको भीड लागेको थियो । देवीघाटमा रहेको शिवधाममा यसवर्ष हजारौंले आफ्ना दिवंगत पितृहरुको सम्झनामा आइतबार राती जाग्राम बसी दीपप्रज्वलन गरी सोमबार बिहान शतबिज छरेका हुन्।

null

विदुर नगर क्षेत्रका साथै आसपासका विभिन्न स्थान तथा रसुवा,धादिङ,काठमाडौंबाट आएका समेत सर्वसाधारण रातभर जाग्राम बसेर महाद्विप प्रज्वलन गरी शिवधाम परिसर तथा त्रिशूली नदी किनारामा शतबिज छरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ ।  

विदुर नपा ५ देवीघाटमा रहेको प्रसिद्ध शिवधाम,तारकेश्वर,थानापति मन्दिर परिसरमा शतबिज छर्नका लागि भक्तजनको विशेष मेला लागेको स्थानीय जालपाक्षेत्र विकास समितिका अध्यक्ष मानवहादुर डंगोलले बताए।

null

रातभर जाग्राम बसेर शतबिज छरेमा आफ्ना दिवंगत पितृहरुको उद्धार हुने र बैकुण्ठ बास हुने धार्मिक विश्वास छ। मन्दिर परिसरमा रातभर भजन कीर्तन गरिनुका साथै तीर्थालुहरुको सुविधाका लागि सुरक्षा प्रबन्ध मिलाइएको थियो।

nullnull

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.