मुख्यमन्त्रीको गाडीमा ढुङ्गा हानेको आरोपमा आदिवासी जनजाति महासंघका अध्यक्ष पक्राउ

मुख्यमन्त्रीको गाडीमा ढुङ्गा हानेको आरोपमा आदिवासी जनजाति महासंघका अध्यक्ष पक्राउ
पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी।
सुन्नुहोस्

झापा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका छन्। 

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा नगरपालिका-८ स्थित घरबाटै मंगलबार राती प्रहरीले पक्राउ गरेको हो। 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालो झन्डा देखाउने र गाडीमा तोडफोड गरेको घटनामा चौधरीको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए। 

घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए। प्रहरीले आफ्नो घरको गेट र ढोका फुटाएर आफूलाई पक्राउ गरेको चौधरीले बताएका छन्। प्रहरीले उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगेको छ। 

सोमबार दिउँसो लागू औषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट  पहिचान पक्षधर समूहले मुख्यमन्त्री कार्की चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए। मुख्यमन्त्री कार्कीलाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडी मोडिने बित्तिकै सगरमाथा पेट्रोल पम्पअगाडि कालो झन्डा बोकेर बसेका पहिचान पक्षधर समूहले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ। ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.