काभ्रेमा नेपालको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास

काभ्रेमा नेपालको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास
सुन्नुहोस्

काभ्रे : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा नेपालमै पहिलो काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क निर्माणको लागि बुधबार शिलान्यास गरिएको छ। यो पार्क नेपालमै पहिलो र दक्षिण एसियामा दोस्रो निर्माण हुन लागेको दक्षिण एसियाली महिला विकास मञ्चले जनाएको छ। 

उद्योगका लागि पाँचखाल नगरपालिकाले एक सय ५७ रोपनी जग्गा केही वर्षअघि मात्र छुट्याएको थियो। देशमै पहिलोपटक महिला उद्यमीका लागि स्थापना गरिने हरित औद्योगिक पार्क पाँचखालमा स्थापना हुन लागेको दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले जानकारी दिइन्। 

औद्योगिक पार्कमा सबै उद्योग ग्रिनफिल्ड इन्भेस्टमेन्टका कृषि जैविक प्रविधि, प्राकृतिक फाइबर, प्याकेजिङ, खाद्य प्रशोधन, वनस्पतिमा आधारित क्रियाकलाप, चाँडै गल्ने कृषि वस्तुको आयु बढाउने सम्बन्धी प्रविधिमा आधारित उद्योगका लागि भारत सरकारले प्राविधिक सहयोग दिने भएको मञ्चले जनाएको छ। पार्क दक्षिण एसियाली महिला विकास मञ्च नेपाल महिला उद्यमी महासंघसँगको सहकार्यमा हरित औद्योगिक पार्क निर्माण हुन लागेको हो। 

समावेसीकरण, गरिबी निवारण र रोजगारी सिर्जनामा पार्क निर्माणले टेवा पुग्ने मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले भने ‘यसको सफल सञ्चालनका लागि महिला उद्यमीले सिर्जनात्मक पहलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच खोजी गर्न तथा नवीन प्रविधिमा आधारित व्यावसायिक अवधारणा ल्याउन सहयोग पुग्ने बताइन्। 

महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारको औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत काभ्रेको पाँचखालमा निर्माणधीन यस औद्योगिक पार्कलाई ‘महिला औद्योगिक ग्राम’का रूपमा स्थापना गर्न मेरो नेतृत्वमा रहेको मन्त्रिपरिषदले २०८० जेठ २४ मा निर्णय गरेको बताए। यस आयोजना निर्माणका लागि पाँचखाल नगरपालिकाकासँग एक सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेको र महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमासमेत प्रवर्द्धन गरिने बताए। 

नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको बताए। उनले भने, 'धुलो, ध्वनी प्रदूषण मुक्त औद्योगिक ग्राम जहाँ फोहोरको सफल व्यवस्थापन हुनेछ । वर्षाको पानी संकलनलाई पार्कमा एकीकृत गरिनेछ। यसैगरी नवीकरणीय ऊर्जाको प्रयोग गरिने छ भने शून्य कार्बन निर्माणका साथै स्थानीय रूपमा उपलब्ध सामग्रीबाटै निर्माण कार्य गरिनेछ। साथै कृषि उत्पादनमा जोड दिँदै कृषिमा आधारित नमुना उद्योगहरू स्थापना गरिनेछ। यसले देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास लिएको छु।'

देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.