महासमिति बैठक सार्ने कांग्रेसको निर्णय, फागुन ७ देखि १० गतेसम्म हुने
मंसिर २९, २०८० शुक्रबार १४:३६:३४
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठक बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य रमेश लेखकले बताए। कांग्रेसले यसअघि पुस १६ देखि १९ गतेलाई महासमिति बैठक तोकेको थियो।