‘भ्रष्टाचार नियन्त्रणमा सामूहिक संकल्प आवश्यक’

‘भ्रष्टाचार नियन्त्रणमा सामूहिक संकल्प आवश्यक’
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गम्भीर अपराध भएकाले यसैकारण सरकारप्रतिको विश्वसनीयता घट्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको १०औं सम्मेलनमा प्रमुख आयुक्त राईले भ्रष्टाचारविरुद्ध लड्न राज्यहरूको सामूहिक संकल्प गर्ने महŒवपूर्ण क्षण भएको बताए। संयुक्त राज्य अमेरिकाको एटलान्टा सहरमा २०८० मंसिर २५ गते देखि २९ गतेसम्म भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको दसौं सम्मेलन सञ्चालन भइरहेको छ। 

प्रमुख आयुक्त राईले नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढ संकल्पित रहेको बताए। उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणको लागि प्रवद्र्धनात्मक एवं दण्डात्मक उपायहरू अवलम्बन गरिएको जानकारी गराए। भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न नेपालले महŒवपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको कुरा बताउन पाउँदा आफू धेरै खुसी भएको उल्लेख गरे। 

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको लागि सम्पर्क संस्थाको रूपमा तोकिएको जानकारी दिए। उनले महासन्धिका प्रावधानहरू कार्यान्वयनका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरिएको कुरा सम्मेलनमा जानकारी गराए। उनले नेपालको संविधानले भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकायको रूपमा अख्तियार स्थापना गरेको जानकारी दिँदै सार्वजनिक पदाधिकारीहरूबीच निष्ठा कायम गर्न आयोग प्रतिबद्ध रहेको र आयोगको प्रयासको फलस्वरूप भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको बताए।

उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको प्रभावकारी कार्यान्वयनको लागि कानुनको कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न र राज्यहरूबीच आपसी सहयोग संयन्त्र स्थापना गर्न प्रयासरत रहेको कुरासमेत सम्मेलनमा जानकारी गराए।

‘भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भए तापनि नेपालले भ्रष्टाचारविरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको छ। भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण रहेको छ,’ उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.