मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना : १८ जना घाइते
![मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना : १८ जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Kt5t7wRE7D_L2JiqKUitK.jpg)
दमौली : मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिएका छन्।
घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र ८ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)