चिवाभञ्ज्याङ पुगेर ओलीले भने- गठबन्धन सरकारका कारण देश ओरालो लाग्यो

चिवाभञ्ज्याङ पुगेर ओलीले भने- गठबन्धन सरकारका कारण देश ओरालो लाग्यो
तस्बिर : ओली सचिवालय

अध्यक्ष ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको दाबी गरे ।

पाँचथर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्राले राजनीतिप्रति जनतामा फैलिदै गएको निराशालाई आशामा परिणत गरेको दावी गरेका छन्।

मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार दिउँसो पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन गर्दै अध्यक्ष ओलीले एमालेले सञ्चालन गरेको यो अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको जिकिर गरे।

ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको दाबी गरे । ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ’, उनले भने। 

उनले अहिले देशको राजनीति अन्यौलतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त समेत गरे।  गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेको उनको भनाइ छ । ‘देशको राजनीति अलमलमा छ,देशको समय,जनताको आयु, पिँढीको समय खेर गएको छ’,ओलीले भने।

देशका सामु अहिले धेरै चुनौती रहेको बताउँदै ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको दाबी गरे।  ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’,उनले भने।

अध्यक्ष ओलीले सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा संकल्प यात्राले दिएको बताए । नेपाली समाजलाई एकताको डोरीमा बाँधेर मात्र देशमा समृद्धि कायम गर्न सकिनेमा उनले जोड दिए।

मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर  सुरु गरेको अभियान आज  चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.