राप्रपा बैठक

राप्रपा सरकारमा नजाने, आन्दोलनको घोषणा गर्ने

राप्रपा सरकारमा नजाने, आन्दोलनको घोषणा गर्ने
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक आन्दोलन गर्ने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मंगलबार बिहान जारी केन्द्रीय समितिको बैठकको बीचमा बसेको पदाधिकारीहरुको बैठकले फागुनबाट आन्दोलनमा जाने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

पदाधिकारी बैठकले सर्वसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरेको छ। राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, समान विचार भएकाहरूसँग एकता, सहकार्य गर्ने, हिन्दुराष्ट्र पुनर्स्थापना र राजतन्त्रको पक्षमा आन्दोलन गर्ने निर्णय भएको हो।

श्रेष्ठले अन्नपूर्णसँग भने,‘पदाधिकारी बैठकमा फागुनबाट सशक्त आन्दोलन गर्ने गरी छलफल भएको छ। पदाधिकारी बैठकका निर्णय केन्द्रीय समितिको बैठकमा पेस गरिने र केन्द्रीय समितिबाट पारित गरेपछि आन्दोलनमा जाने हो। अहिले सबै निर्णय भइसकेको छैन। दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत बैठक निर्णयहरु सार्वजनिक हुन्छ।’ 

राप्रपा पुस र माघमा आन्दोलनको आन्तरिक तयारी गर्ने र फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने भएको हो। राप्रपा संघीय सरकारमा नजाने निर्णय भएको छ। राप्रपाले तत्काल केन्द्र र प्रदेश सरकारमा राप्रपा सहभागी नहुने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.