आलोचना

कांग्रेस ब्यानरमा भ्रष्टाचार शब्दले लफडा

कांग्रेस ब्यानरमा भ्रष्टाचार शब्दले लफडा
कांग्रेसको गण्डकी प्रदेश सम्मेलनको ब्यानरमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य छोपिएको ठाउँ (रातो घेरामा) र सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवा।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ लेखिएको वाक्य छोप्न बाध्य हुनुपर्‍यो आयोजक। संस्थापनइतर नेताले भने उक्त वाक्य छोप्न ब्यानरमा टालो लागेका विषयमा आपत्ति जनाएका छन्।

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको ब्यानरमा लेखिएको थियो, ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं।’ तर, पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उक्त वाक्य छोप्न बाध्य हुनुपर्‍यो आयोजक। संस्थापनइतर नेताले भने उक्त वाक्य छोप्न ब्यानरमा टालो लागेका विषयमा आपत्ति जनाएका छन्। 

ब्यानरमा लेखिएको नाराका विषयमा कार्यकर्ताले बताएपछि देउवा प्रदेश सभापति शुक्रराज शर्मासँग रिसाएका थिए। उक्त वाक्य किन राखेको भनेर देउवाले आपत्ति जनाएको एक पदाधिकारीले बताए। पार्टी सभापति कार्यक्रमस्थलमा प्रवेश गर्नुभन्दा केही समयअघि ब्यानरको उक्त नारा छोपिएको थियो। null

अर्का नेता डा. शेखर कोइरालाले भने, ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य हटाएको विषयमा असन्तुष्टि जनाएका थिए।

कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका पार्टी उपसभापति धनराज गुरुङले ब्यानरमा टालो लागेको विषयमा आलोचना गर्दै रुमालले छोपिएर कालो नजाने बताए। यदि रुमालले छोपेर हातको कालो जान्छ भन्ने विश्वास गर्‍यो भने त्यो कालो अनुहारमा पसिना आउँदा खेरी पुच्छदै गर्दा आफ्नै हातमा लागेको त्यो कालो अनुहारमा पनि लत्पतिन पुग्ने उनको भनाइ थियो। ‘त्यसैले आजैबाट भन्न सक्नुपर्छ हामीले टालेर होइन चिरफार गरेर अघि बढ्नुपर्छ’ उपसभापति गुरुङले भने।

महामन्त्री गगन थापाले पनि टालो लागेको विषयमा असन्तुष्टि पोखेका थिए। 

nullछोप्नु अगाडि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य लेखिएको ठाउँ।

पार्टीमा अन्तर्घातको रोग छ : देउवा 

सभापति देउवाले बहुमत ल्याउने गरी सबै एक भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताएका थिए। देउवाले मंगलबार पोखरामा सुरु पार्टीको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै एकअर्कालाई हराउन लाग्ने अन्तरघातको रोग पार्टीमा भएको उल्लेख गर्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। 

‘अहिले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी छ। सबै मिलेर अघि बढ्यो भने भोलिका दिनमा बहुमत नै ल्याउन सक्छ’, देउवाले भने, ‘यसैले सबै एक भएर पार्टी बलियो बनाएर जाउँ। हाम्रो संविधान समावेशी, समानुपातिक आधारमा छ। संविधानअनुसार एउटा पार्टीको बहुमत आउन सजिलो छैन। धेरै गाह्रो छ। त्यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ। 

उनले अहिले कांग्रेसको सिद्धान्त, आदर्श मानेर सबै पार्टी आएको बताए। यस मानेमा आफ्नो पार्टीको जित भएको मान्नुपर्ने उनको भनाइ थियो। उनले देशभर पार्टीमा आकर्षण र कार्यकर्तामा उत्साह देखिएको सुनाए। पार्टी एकता भएर जान्छ कि जाँदैन भन्ने चिन्ता कार्यकर्तामा आफूले देखेको देउवाको भनाइ थियो। उनले पार्टी एक भएर जानेमा आफू विश्वस्त रहेको सुनाए। ‘पार्टीको सिद्धान्त, आदर्शमा हामी कुनै हालतमा सम्झौता गर्न सक्दैनौं’, देउवाले भने, ‘कांग्रेसलाई अझ बलियो बनाउर सुध्रीकरण गरेर जानु आजको आवश्यकता हो।

उपसभापति गुरुङले प्रदेश सरकारलाई चाहिने महत्वपूर्ण विधेयक संसद्बाट नभए अध्यादेशबाटै पनि ल्याउने बताए। हिउँदे अधिवेशन कुरेर नबस्ने उनको भनाइ थियो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेतर्फ इंगित गर्दै मन्त्रीसमेत रहेका गुरुङले कानुन बनेन भनेर चिन्ता लिन नपर्ने बताए। महत्वपूर्ण विधेयक अध्यादेशबाट ल्याएर भए पनि संघीयतालाई बलियो बनाउने उनको भनाइ थियो। 

जनताको मन जित्ने गरी काम गरेर देखाउनुपर्छ : महामन्त्री

कांग्रेस महामन्त्री थापाले नयाँ पार्टी देशमा सबै कुरा बिग्रेपछि त्यसैको जगमा उभिन चाहेको टिप्पणी गरे। आगामी निर्वाचनसम्म सबै बिग्रियोस र आफू नेतृत्वमा पुग्न पाइन्छ भन्ने नयाँ पार्टीका चाहना रहेको उनको भनाइ थियो। ‘अर्को चुनाव आउन ४८ महिना बाँकी छ। काम गरेर जनताको मन जितेर जित्ने गरी अघि बढ्नुपर्छ’, थापाले भने। उनले आफ्नो पार्टीका सभापति अब छिट्टै प्रधानमन्त्री हुने रोल क्रममा रहेको बताए। 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन सम्पन्न भएको एक वर्ष नपुग्दै सबै दलले चुनावको चिन्ता लिँदा देश पछाडि परेको बताए। कांग्रेसले चुनावको चिन्ताभन्दा पनि नागरिकको समस्या के हुन समाधान गरेर जनताको मन जित्ने गरी काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो। 

कांग्रेस नेता डा. कोइरालाले पार्टीभित्रको गुट वैचारिक हुन आवश्यक रहेकोमा जोड दिए। गुटले पार्टी कमजोर बनाउन नहुने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.