सांसद गैरेले सार्वजनिक गरे 'रिपोर्ट कार्ड'

सांसद गैरेले सार्वजनिक गरे 'रिपोर्ट कार्ड'
सुन्नुहोस्

तानसेन : पाल्पाका प्रतिनिधिसभा सांसद ठाकुरप्रसाद गैरेले एक वर्षको अवधिमा संसदमा ५ सयभन्दा बढी सार्वजनिक चासोका विषयबस्तु उठाएको बताएका छन्। उनले हिउँदे अधिवेशन २८ दिन चलेकोमा २३ दिन सदमा उपस्थित भएको र वर्षे अधिवेशन ६२ दिन चलेको ५७ दिन उपस्थित भएको बताए। 

सदमा विशेष र शून्य समय गरी ३० पटक बोल्ने अवसर पाएकोमा राष्ट्रिय, अन्तर्राष्ट्रिय, विकास निर्माण, नीति निर्माणदेखि स्थानीय चासो र सरोकारका ५ सयभन्दा बढी विषयबस्तु उठाएको सांसद गैरेले बताए। सदनमा उठाएका विषयबस्तु के कति सम्बोधन भए, भएन भन्ने विषयमा प्रतिवेदन तयार गरी जनता समक्ष सार्वजनिक गर्ने तयारीमा जुटेको सांसद गैरेले बताए।

सांसद गैरेले एक वर्षको अवधिमा संघीय संसद भवनमा साढे ३ घण्टा सम्म जनताका समस्याप्रति केन्द्रित रहेर नीति नियम निर्माणदेखि विकास निर्माणका बारेमा कुरा राखेका छन्। उनले आफ्नो मुख्य जिम्मेवारी, नीति नियम, कानुनमार्फत् जनतालाई सुखी र समृद्धि बनाउने भएकाले संसद चलेको अधिकांक समयमा समय लिएर संसदमा बोल्दै गरेका दृश्यहरू पत्रकारहरूमाझ सार्जनिक गरेका छन्।

 
उनले सदनमा उठाएका विषयबस्तु भिडियोमार्फत् शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, अस्पताल, बन्यजन्तु आतंक, सुन काण्ड, एनसेल काण्ड, राष्ट्रियता, रासायनिक मल लगायतका विषयमा निरन्तर संसद, विषयबस्तु समिती उठाएका विषयबस्तुहरू पत्रकारहरूलाई जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.