ओलीको दाबी : ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्त्यन्त उत्साहप्रद र सफल रह्यो (पूर्णपाठ)

ओलीको दाबी : ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्त्यन्त उत्साहप्रद र सफल रह्यो (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्माले ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा जनताको असाधरण सहभागी भएको दाबी गरेका छन्। आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यात्रामा उत्साहप्रद र सफल रहेको दाबी गरेका हुन्। 

उनले भने,‘समृद्धिका लागि संकल्प यात्रा अन्त्यन्त उत्साहप्रद र सफल रह्यो। यसमा जनताको चासो, सरोकार, साथ, सहयोग, समर्थन, स्वागत जुन कोणबाट हेर्दा पनि असाधारण सहभागीता रह्यो। यसमा लाखौं मानिसहरु यस यात्रामा प्रत्यक्ष रुपमा सहभागीता रह्यो।’

ओलीले मध्यपहाडी यात्राका क्रममा प्राप्त भएका हज्जारौं सुझाव, सर्वदलीय ज्ञापनपत्र र मागपत्र प्राप्त भएको उल्लेख गरे। उनले भने,‘यात्राले एउटा राजनीतिक रुपका गलत भाष्य अस्वीकार र असान्दर्भिक बनाइदिएको छ। सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई विथोल्ने प्रयासलाई असफल बनाइदिएको छ। जनता स्पष्ट छ भन्ने सन्देश दिएको छ।’

राजनीतिलाई हिंसा र उत्तेजनातिर र हिंसापनि आतंककारी प्रवृत्तितिर लैजाने प्रयासलाई समेत यात्राले निस्तेज पारेको उनको भनाई छ। जिम्मेवार राजनीतिक दलहरूले दह्रो खुट्टा टेकेर आफ्नो भिजन राख्नुपर्ने यात्राले देखाएको उनको दाबी छ। लोकतन्त्रप्रति जनता स्पष्ट रहेको उनको दाबी छ।

ओलीले यात्रा सांस्कृतिक जस्तो पनि भएको बताउँदै उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गरे। 

संकल्प यात्राको हेर्नुहोस् पूर्णपाठ...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.