घले समूहले ल्याएको १३८ किलो सुनमध्ये १४ किलो मात्रै बरामद

दुवईमा रहेका अंकित अग्रवालसँग सेटिङ मिलाएर घलेले यसरी ल्याउँथे सुन


काठमाडौं : १४ केजी सुनसहित पक्राउ परेका मीनबहादुर घलेले दुवईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्ने गरेको खुलेको छ।

सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले गठन गरेको समितिको प्रतिवेदनले पटकपटक गरी मीन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई बाहिर ल्याउने गरेको निष्कर्ष निकालेको हो ।

समितिले आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई प्रतिवेदन बुझाएको हो। गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  १४ किलो सुनसहित घले पक्राउ परेपछि ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिले आइतबार प्रतिवेदन बुझाइसकेपछि गरेको पत्रकार सम्मेलनमा घले समूहले नेपाल भित्र्याइएको  १३८ केजी सुनमध्ये १४ केजी मात्रै बरामद भएको अनुसन्धानबाट खुलेको जानकारी गराएको हो।

घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिइ आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको प्रतिवेदनमा उल्लेख  छ।

पटकपटक गरी घले समूहले १३८ किलो सुन ल्याइ विमानस्थलबाट सेटिङ मिलाइ बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक अर्का कारोबारी चन्द्र घलेले ल्याएको १४ केजी मात्रै बरामद भएको समितिले निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा विमानस्थलबाट सुन बाहिर निकाल्न कर्मचारीको पनि संलग्नता देखिएको उल्लेख छ । 

एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय,गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामङ,सेवा निवृत्त भइ करारमा कार्यरत रमेश देउला,एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको छानबिन समितिले जनाएको छ।

भरियाले ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालीसकेपछि रमेश देउला,राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले टोला नगरपालिका बानियाटारस्थित सूर्यदर्शन हाइटमा रहेको डीवी गुरूङको घरमा  पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ।  उक्त सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगी दिने गरेको पनि खुलेको छ । 

पक्राउ परेकाहरुको मोबाइल,स्थगलगत अनुसन्धानमा रेकर्ड गरिएको भिडियो एवं अन्य आवश्यक वस्तुहरू र लिखित बयानमा आधारमा सुन तस्करी बारे अनुसन्धान गरिएको समितिले जनाएको छ।

बरामद सुनको अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सु्वेदी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयकाका भन्सार अधिकृतहरू प्रकाश निरौला,डिल्लुप्रसाद शर्मा,मञ्जु थापा  र लोकराज ढुंगाना रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.