लुम्बिनी प्रदेशमा दुई मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा दुई मन्त्रीले लिए शपथ
तस्बिर : रासस
सुन्नुहोस्

लुम्बिनी : लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरु कृष्णा  केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।  

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।  

यता पार्टीमा कुनै छलफल नगरी मुख्यमन्त्री चौधरीले जुनियर व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेस प्रदेश समितिका पदाधिकारीहरूले नै असन्तुष्टि जनाएका हुन्। मन्त्री नियुक्ति विषयमा छलफल गर्न भोली बिहान देउखुरीमा संसदीय बोर्डको बैठक बोलाइएको छ। 

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टीमा छलफल नगरी मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको भन्दै यसले पार्टीलाई हित नगर्ने बताए। महामन्त्री खनालले मुख्यमन्त्रीलाई यसअघि नै पार्टीमा छलफल नगरी अघि बढ्दा कठिने हुने भन्दाभन्दै पनि पार्टीलाई अवमूल्यन गरेको बताए। यसै विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.