कोशी प्रदेशसभामा सञ्चार विधेयक पेस गर्ने सरकारको तयारी

कोशी प्रदेशसभामा सञ्चार विधेयक पेस गर्ने सरकारको तयारी
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ। 

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको कोशी प्रदेश सरकार प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले जानकारी दिए। सो बैठकले यसलगायत अरू विषयमा पाँचवटा निर्णय गरेको छ। 

राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन प्रदेशसभामा पेस गर्नेलगायत पाँचवटा निर्णय गरिएको प्रवक्ता राईको भनाइ छ। उनका अनुसार आजको बैठकले राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-८० प्रदेशसभामा पेस गर्ने निर्णय भएको छ। 

यसैगरी, प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पनि प्रदेशसभामा पेस गर्ने निर्णय भएको उनको भनाइ छ। उनले स्वास्थ्य मन्त्रालयबाट शैलेजा आचार्य हृदयरोग केन्द्र सञ्चालन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय भएको बताए। 

त्यस्तै, सामाजिक विकास मन्त्रालयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेशलाई सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.