मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीलाई अवरोध गर्दैनौं : कांग्रेस

मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीलाई अवरोध गर्दैनौं : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले मन्त्री हेरफेर गर्ने विषयमा अवरोध नगर्ने स्पष्ट पारेको छ। मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताउँदै गठबन्धनमा छलफल गराएर जुनसुकै बेला मन्त्री हेरफर गर्न सकिने बताएको छ।

कांग्रेसको सूचना विभाग प्रमुख मीन विश्वकर्माले मुलुकको सरकार सफल हुँदा प्रधानमन्त्री सफल हुने र असफलताको दोष र गुण पनि प्रधानमन्त्रीले नै भोग्नुपर्ने भएकाले त्यसमा कांग्रेसले अवरोध नगर्ने स्पष्ट पारेका छन्।

'मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको हो। प्रधानमन्त्रीलाई असहज लाग्यो भने गठबन्धन दलको शीर्ष नेताहरूको बैठकमा त्यस्तो प्रस्ताव ल्याउन सकिन्छ। कांग्रेसले त्यसलाई अवरोध गर्दैन,' उनले भने।

प्रधानमन्त्रीले आफूलाई सहज हुने वा सहयोग गर्ने खालका मन्त्री चाहियो भनेर प्रस्ताव गर्न सक्ने उनको भनाइ छ। 'मुलुकको सरकार सफल हुँदा प्रधानमन्त्री सफल हुने हो। सफलता र असफलताको दोष र गुण दुवै प्रधानमन्त्रीले लिने भएकाले आफ्नो अनुकूल वा सहयोग गर्नसक्ने मन्त्री चाहिन्छ भन्ने मान्यता हाम्रो पनि हो। गठबन्धन दलको बैठकमा छलफल गरेर जुनसुकै बेला पनि मन्त्री हेरफेर गर्न सक्नुहुनेछ,' उनले भने।

उनले कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा मन्त्रीहरूले बोल्ने कार्यक्रम रहेको बताए। मन्त्रीहरूले बोलिसकेपछि मात्रै कांग्रेसले त्यसबारे धारणा बनाउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.