चोरी भएका २३ वटा मोटरसाइकल बरामद

चोरी भएका २३ वटा मोटरसाइकल बरामद
सुन्नुहोस्

भैरहवा : रुपन्देही प्रहरीले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल बरामद गरी सार्वजनिक गरेको छ। जसमा संलग्न ८ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। 

त्यस्तै दुई वटा फोर्ड इको स्पोर्ट नामक गाडीको एउटै इन्जिन नम्बर देखिएकाले तिलोत्तमा नगरपालिका–२ जानकी नगर स्थित श्रीनगर अटो ग्यारेजबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रुपन्देहीका एसपी भरत बहादुर विकले जानकारी दिए।

केही समय यता रुपन्देहीमा मोटरसाइकलका साथै अन्य चोरीका घटना ह्वात्तै बढेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ (भैरहवा)बाट चोर गिरोहले एकैरातमा ८ वटा मोटरसाइकल चोरी गरेपछि खोजतलास गर्ने क्रममा अन्य मोटरसाइकल बरामद भएको हो।

चोरीको मोटरसाइकल बरामदका लागि सडकमा चेकजाँच मात्रै नभई सूचना प्राप्त भएमा घरमा गएर खानतलासी गर्ने योजना रहेको एसपी विकले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.