ट्याक्टरको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको रंगेली नगरपालिका–८ दर्वेसामा शुक्रबार बिहान ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भित्री सडकखण्ड हुँदै पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ त ५४९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री रंगेली–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ट्याक्टरले बिहान ११:२० बजेतिर राजवंशीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । ट्याक्टर चालक मोरङको धनपालथान गाउँपालिका–४ का अन्दाजी २६ वर्षीय अजय चौधरी फरार रहेकाले खोजी तीव्र पारिएको डीएसपी दाहालले बताए ।

उनका अनुसार ट्याक्टर र सहचालक रंगेली–२ का अन्दाजी ३६ वर्षीय मोहमद अमिरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.