बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाको अनुसन्धान गर्न गृहले बनायो समिति
काठमाडौं : बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति बनाएको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी नै आगजनीमा परेपछि अनुसन्धान गर्न समिति बनाएको गृह स्रोतले जानकारी दियो। घटनामा दुई जनाको मृत्यु भएको थियो।