पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण
सुन्नुहोस्

कपिलवस्तु : स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्तीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुर चौकमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्ण कदको जंगे शालिकको पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेका छन्। 

शिवराज नगरपालिकाले स्थापना गरेको शालिकको उद्घाटनमा आएका पूर्वराजा ज्ञानेन्द्रले शालिक अनावरण पूर्व खरेन्द्रपुरमा रहेको बालहंस सांवेद गुरुकुलस्थित स्वर्गद्धारी मन्दिरको दर्शन गरेका थिए। सो अवसरमा गुरुकुलमा रहेका बटुकहरूले स्वस्ती वाचन गरेका थिए। 

मन्दिरको दर्शन गरिसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सडक किनारमा लामबद्ध रहेका आम सर्वसाधारणलाई भेटघाट गर्दै अघि बढेका थिए। सो अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहका साथमा उनका नाति हृदेन्द्र शाहको समेत उपस्थिति थियो। 

शिवराज नगरपालिकाको पहिलो नगरसभाबाट राष्ट्रिय विभूतिको रूपमा रहेका पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताए। शालिक निर्माणका लागि २५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको थियो। 

हजारौंको संख्यामा रहेका आम सर्वसाधारणले राजालाई विहानैदेखि पर्खेर भेटघाट गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा सर्वसाधारणले राजसंस्था पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए। सो अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले भने आफ्नो कुनै अभिव्यक्ति दिएनन्।  

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.