खोलामा डुबेर बालिकाको मृत्यु
काभ्रे : काभ्रेमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ।
सोमबार दिउँसो ३ बजे काभ्रेको धुलिखेल नगरपालिका-६ ईतोल घर भई हाल भुम्लु गाउँपालिका-१० दोलालघाटमा बस्दै आएका बुद्धराम खड्गीको ५ वर्षीया छोरी रोजिनाको इन्द्रावती पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घर नजिकैको पोखरीमा बालिका डुबेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले बालिकालाई उद्धार गरी धुलिखेल अस्पताल पठाएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !