हात्तीले पूर्वाञ्चल विश्वविद्यालयमा पुर्‍यायो क्षति

हात्तीले पूर्वाञ्चल विश्वविद्यालयमा पुर्‍यायो क्षति
फाइल तस्बिर।

विराटनगर : जंगली हात्तीले मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा सोमबार राति क्षति पुर्‍याएको छ। विश्वविद्यालय परिसरभित्रै प्रवेश गरेर हात्तीले क्षति पुर्‍याएको हो। हात्तीले कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार झ्याल र ढोकाको सिसा फुटाइदिनुका साथै किचनको चुल्हो भत्काइदिएको छ। पूर्वाञ्चल विश्वविद्यालयमा क्षति गरेर हात्ती जंगलतर्फ लागेको प्रहरीले जनाएको छ। 

त्यस्तै, हात्तीले सुन्दरहरैँचा–७ मा लेखनाथ प्रसाईंले २ बिघा क्षेत्रफलमा लगाएको केरा खाइदिएको छ। साथै, केरा खेतीमा क्षतिसमेत पु¥याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हात्तीले केरा खेतीमा ५० हजार मूल्य बराबरको क्षति गरेको छ। 

यसैबीच, हात्तीले सुन्दरहरैँचा–७ स्थित एउटा घरमा समेत क्षति पुर्‍याएको छ। कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको १ तले घर भत्काइदिएको हो। प्रहरीका अनुसार हात्तीले घर भत्काउँदा ५० हजार बराबरको क्षति भएको छ। 

घरमा क्षति गरेर हात्ती जंगलतर्फ लागेको डीएसपी दाहालले बताए। हात्तीले वितण्डा मच्चाउन थालेपछि सर्वसाधारणलाई सचेत गराउन तथा हात्तीलाई बस्तीमा पस्न नदिने उपाय खोज्न प्रहरी चौकी गछियाबाट सइ (प्रहरी नायव निरीक्षक) सूर्यबहादुर बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको छ।  

सुन्दरहरैँचा–१० मा गोली हानेर सोमबार बिहान एउटा जंगली हात्ती मारिएको थियो। आफ्नो समूहमा रहेको हात्तीको हत्या गरिएका कारण अन्य हात्तीहरु आक्रोसित भएर क्षति पुर्‍याउन थालेको हुनसक्ने सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले बताए। उनका अनुसार हात्तीबाट जोगिन सर्वसाधारणलाई रातको समयमा सजक र सतर्क रहेर बस्न तथा एक्लै हिँडडुल नगर्न आग्रह गरिएको छ। 

nullमोरङको सुन्दरहरैँचा–७ मा हात्तीले केरा खेतीमा पुर्‍याएको क्षति। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.