बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना गम्भीर घाइते

विराटनगर : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा मंगलबार साँझ बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

दुई जना गम्भीर घाइते भएका छन्। सडक क्रस गर्ने क्रममा ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साँझ ७ः२० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार थिए। 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु भएको छ। बोलेरोले मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपु¥याउनसाथ राति ८:१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको श्रेष्ठले बताए। 

उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरी घाइते भएका छन्। गम्भीर अवस्थाका दुवै घाइतेको नोबेल अस्पतालमै उपचार भइरहेको छ। बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार पश्चिमबाट पूर्व आई दक्षिणतर्फ जानका लागि बाटो क्रस गर्दै गरेको बोलेरोले दक्षिणबाट उत्तर आई पश्चिमतर्फ जान खोज्दै गरेको अवस्थामा मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना गराएर फरार भएको बोलेरो र चालक सप्तरी कंकालीका ३४ वर्षीय विनोद शर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेर बोलेरो र मोटरसाइकलमा समेत क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.