घरमा आगलागी हुँदा ८ लाखको क्षति

घरमा आगलागी हुँदा ८ लाखको क्षति
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङको लेटाङ नगरपालिका–३ कृतिमानस्थित एउटा घरमा बिहीबार बिहान आगलागी भएको छ । ज्ञानबहादुर राईको घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठ प्रयोग गरेर बनाइएको र कर्कतपाताको छानो भएको घरमा गाईलाई खोले पकाउने क्रममा बिहान ८:३० बजेतिर अचानक आगलागी भएको हो । 

आगोले घरसहित भाँडावर्तन, अन्नपात, लत्ताकपडा, काठपात, पराल जलेर ध्वस्त भएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । 

मानवीय र चौपाया क्षति भने भएन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.