पूर्वराजा ज्ञानेन्द्र शाहले भने- म जहाँ-जहाँ जान्छु 'राजा आऊ, देश बचाऊ' भन्ने जनआवाज सुन्छु

पूर्वराजा ज्ञानेन्द्र शाहले भने- म जहाँ-जहाँ जान्छु 'राजा आऊ, देश बचाऊ' भन्ने जनआवाज सुन्छु

भैरहवा : पूर्वराजा ज्ञानेन्द्र शाहले जहाँ गएपनि  'राजा आऊ र देश बचाऊ' भन्ने जनआवाज सुन्ने गरेको बताएका छन्।  बिहीबार भैरहवामा समर्थकहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले आफू जता गएपनि आउन र देश बचाउन आग्रह गरेको सुनेको बताएका हुन्।

'म जता जाउँ जहाँ पुगौं-जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउन र देश बचाउ। हाम्रो देशको सभ्यता र समृद्धि बढाउ। यहाँ खडा भएर म भन्दछु,'म बोलिरहेको छु, देश बनोस्,देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्ष पोखिरहेको छु। '

पूर्वराजा शाहले पछिल्लो समय देशको अवस्थालाई नजिकबाट नियालीरहेको बताएका छन्। उनले भने,'म कतै अन्त गएको छैन। सदासदा नेपालीको साथमा छु। नेपालभित्रै छु। नेपालीहरूको सुख,दु:ख,सुविधा असुविधा,बाधा पीडा तथा हिजोआजका अवस्थालाई नजिकबाट नियालीरहेको छु।'

उनले युवा पलायनप्रति चिन्ता प्रकट गर्दै  देशको माया नभएर अवस्था विग्रिएकाले युवा जमात बाहिरिन बाध्य भएको बताएका छन्। 

बेरोजगारी,गरिबी,शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितले लाखौं युवाजनशक्ति विदेशीएको उनको भनाइ छ।  उनले अहिले देश जर्जर अवस्थामा पुगेको बताएका छन्।

देशमै उत्पादन,उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्नेमा उनको भनाइ छ। पूर्वराजा शाहले विभिन्न विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर  अगाडि बढ्न आग्रह समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.