बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बेनी  : बेनीमा नवौं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे । 

उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र करातेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो । शाही रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्ले र गर्बुजा रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी हन् । जिल्ला समन्वय समितिका प्रमुख थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले शाही र गर्बुजालाई नगद तथा प्रशंसापत्र प्रदान गरेका थिए । 

उद्घाटन समारोहमा भएको मार्चपासमा अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउँपालिका क्रमश ः प्रथम, दृतीय र तृतीय भए । कार्यक्रममा जिसस प्रमुख थापाले स्थानीय तहहरुले खेलकुद क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिए । 

प्रमुख जिल्ला अधिकारी ढकालले अनुशासन, लगनशिलता, इमान्दारिता र मेहनतका साथै स्वस्थ्य रहन पनि खेलकुदले सहयोग पुग्ने बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताए । 

धवलागिरी, मालिका, मंगला, अन्नपूर्ण रघुगंगा गाउँपालिका र बेनी नगरपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । जिल्ला स्तरीय प्रतिस्पर्धाबाट छनौट हुने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।

प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद बीस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । धवलागिरी र रघुगंगा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।  

एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कवर्ड हल, कवड्डी कालीपुलको बास्केटबल खेलमैदान र भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने समितिका सदस्य प्रविन शाहीले बताए । सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।

यसपाली अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधीकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.