प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि तानसेन-१ 'ए'लाई

प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि तानसेन-१ 'ए'लाई
सुन्नुहोस्

तानसेन : प्रथम मेयरकप रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको उपाधि तानसेन-१ 'ए'ले जितेको छ। आज  भएको फाइनल खेलमा वडा नम्बर १ 'ए'ले वडा नम्बर ९ लाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

जितसँगै वडा नम्बर १ 'ए' ले नगद ६० हजार, ट्रफी प्राप्त गर्‍यो भने वडा नम्बर ९ उपविजेता हुँदै ३० हजारमा चित्त बुझायो। फाइन खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको वडा नम्बर ९ ले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो। 

जसमा गोपाल तिमिल्सेनाले २४ रन, भुवन पाण्डेले १८ रन, विजय बौडेलले ९ रनको योगदान गरे। बलिङ तर्फ वडा नम्बर १ 'ए' का अर्पन अर्याल र रुपेश बस्यालले समान ३/३ विकेट लिए। यस्तै विमर्श दर्नालले दुई, श्रीधर बस्याल र शिव शर्माले एक/एक विकेट लिन सफल भए।

८२ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको वडा नम्बर १ 'ए' ले सुरुवात राम्रो गर्न नसके पनि रुपेश बस्याल र विशाल दर्नालले उत्कृष्ट साझेदारीले टिमलाई विजयी बनाउन सफल भए। रुपेशले ३१ रन र विशालले नटआउट ४३ रनको योगदान दिए। बलिङतर्फ वडा नम्बर ९ का भुवन पाण्डेले  २ विकेट लिन सफल भए।  

वडा नम्बर १ 'ए'ले निर्धारित २० ओभरको खेलमा १५ दशमलव ४ ओभरमा जित हात पारेको हो। फाइनल खेलका म्यान अफ द म्याच वडा नम्बर १ 'ए' का विशाल दर्नाल भएको नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले बताए। 

प्रतियोगितामा तानसेन नगरभित्रका ९ वडाका १४ टिम सहभागिता रहेको थियो। फाइनलमा म्यान अफ दि फाइनल वडा नम्बर १ (ए) का विशाल दर्नाल भए। खेल अवधिभर ११ विकेट र ४४ रन बुटल्ने अर्पण अर्याल प्लेयर अफ दि सिरिज बन्न सफल भए। 

खेल अवधिमा १५ विकेट लिने  वडा नम्बर १ (ए) कै विमर्श दर्नाल उत्कृष्ट बलर भए भने १११ रन बटल्न सफल उत्कृष्ट ब्याट्सम्यान रुपेश बस्याल भए। खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिंजाली, नगर खेलकुद विकास समितिका संयोजक शाक्य लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.