राष्ट्रिय सभा निर्वाचन : राप्रपाले को-को बनायो उम्मेदवार ?

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले को-को बनायो उम्मेदवार ?
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमा सातवटै प्रदेशमा उमेदवार टुंगो लगाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाएको जानकारी दिए। 

उनका अनुसार कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी रहेका छन्। यसैगरी लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको छ। तर राप्रपाले उम्मेदवारको नाम भने गोप्य राखेको छ।

उम्मेदवार तय गरेपनि राप्रपाले अन्य दलसँग संवाद जारी राख्ने भएको छ। कोसी प्रदेश सरकारलाई देखाएर राप्रपाले सत्ता गठबन्धनसँग पनि छलफल गर्न खोजिरहेको छ तर सत्तारुढ दलसँग संवाद भने हुन सकेको छैन।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ। राष्ट्रिय सभाका १९ सिटका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.