गठबन्धनबाट सुदूरपश्चिममा को-को बने राष्ट्रिय सभाका उम्मेदवार ?

गठबन्धनबाट सुदूरपश्चिममा को-को बने राष्ट्रिय सभाका उम्मेदवार ?
सुन्नुहोस्

धनगढी : राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनले उमेदवारको टुंगो लगाएको छ। काँग्रेसबाट नारायण दत्त भट्ट र बलदेब बोहरा तथा नेकपा माओवादी केन्द्रबाट रेणु चन्द राष्ट्रिय सभा चुनाव लडने भएका हुन।

गठबन्धनले सुदूरपश्चिममा काँग्रेसलाई अपांग र अन्यमा गरी २ सीट र नेकपा माओवादीलाई महिला कोटाको १ सिट दिने निर्णय गरेको थियो। नेकपा माओवादी केन्द्रले महिलामा बैतडीकी रेणु चन्दलाई उमेदवार बनाउने निर्याय गरेको छ भने काँग्रेसले अपांगमा नारायणदत्त भट्ट र अन्यमा बलदेब बोहरालाई उमेदवार बनाउने निर्णय गरेको प्रदेश महामन्त्री मेखराज खडकाले बताए।

माओवादी केन्द्रकी चन्द पुर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन् भने भट्ट नेपाली काँग्रेस कैलाली जिल्ला अध्यक्ष हुन। उनी २०६२/६३ सालको जनआन्दोलनमा घाइते भएका थिए। बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधान सभा सदस्य हुन। 

भट्ट र बोहरा दुबैजना पार्टी सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट कैलाली र कञ्चनपुर झरेका हुन्। आज मनोनयनको समय तालिका छ। 
एमालेले यसअघि नै उमेदवारको टुंगो लगाई सकेको छ। एमालेले अन्यमा कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलामा कैलालीकी सावित्रा घिमिरे र  अपांगमा कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको हो।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य रहेका नेकपा माओवादी केन्द्रका हरिराम चौधरी (उत्सव) र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.