राष्ट्रियसभा निर्वाचन

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरे उम्मेदवारी दर्ता

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरे उम्मेदवारी दर्ता
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान सिटौलाले विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । कांग्रेसले सिटौलालाई आइतबार सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए । सत्तारूढ गठबन्धनका उम्मेदवार उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोग लिएर पराजित गरेका थिए ।

सिटौला त्यसअघि २०७४ को निर्वाचनमा पनि लिङ्देनसँग नै पराजित भएका थिए । चुनाब हारेकालाई लैजान नहुने मत कांग्रेसभित्र भए पनि कांग्रेसको गत महाधिवेशनदेखि सभापति देउवालाई सहयोग गर्दै आएका सिटौलालाई कसैले रोक्न सकेन ।
नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेका सिटौला पूर्वगृहमन्त्री पनि हुन् ।

उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए । सत्तारूढ गठबन्धनको भागबण्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो ।

माओवादीले कोशीमा महिलातर्फ ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनले पनि मनोनयन दर्ता गरिसकेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.