राष्ट्रियसभा निर्वाचन
मतदाता नामावलीमा नाम नभेटिएपछि एमालेका उम्मेदवार राजपुत मनोनयन नगरी फर्किए
![मतदाता नामावलीमा नाम नभेटिएपछि एमालेका उम्मेदवार राजपुत मनोनयन नगरी फर्किए](https://annapurnapost.prixacdn.net/media/albums/rajput_KVFWSHYd0T_gAqtBih5We.jpg)
जनकपुर : मतदाता नामावली सूचीमा नाम नभेटिएपछि नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिन आएका नेता नाम दर्ता नगराइ फर्किएका छन् । मधेश प्रदेश जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका एमाले नेता अर्जुन सिंह राजपुतको नाम मतदाता नामावलीमा नभेटिएपछि उनी फर्किएका हुन् ।
मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।
राष्ट्रियसभाका रिक्त १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)