राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिम प्रदेशबाट एमालेका तीनजनाले गराए मनोनयन दर्ता

सुदूरपश्चिम प्रदेशबाट एमालेका तीनजनाले गराए मनोनयन दर्ता
तस्बिर : अन्नपूर्ण

धनगढी :राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ।  सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका तीनजना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली),अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)ले उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीसहितका नेताहरु पार्टी कार्यालयबाट जुलुससहित  निर्वाचन कार्यालय पुगेका थिए।

खरेलको प्रस्तावकमा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल  र समर्थकमा प्रदेश सभा सदस्य हिरा सार्की रहेका छन् । एमालेकै अपांग कोटाबाट मनोनयन दर्ता गरेका जोशीको प्रस्तावकमा शारदा देवी रोकाया र समर्थकमा कन्दकला राना बसेका छन्।

यसैगरी  एमालेकै महिला कोटाबाट मनोनयन दर्ता गरेकी घिमिरेको प्रस्तावकमा प्रदेश सभा सदस्य सन्तोषी कुमारी शर्मा थापा र समर्थकमा प्रदेश सभा सदस्य विरबहादुर थापा रहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.