कोशी प्रदेशबाट पाँच जनाको उम्मेदवारी दर्ता

कोशी प्रदेशबाट पाँच जनाको उम्मेदवारी दर्ता
सुन्नुहोस्

विराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

आगामी माघ ११ गते हुने राष्ट्रियसभामा कोशीबाट अन्य र महिला समूहबाट रिक्त रहेको पदमा निर्वाचन हुँदै छ। गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादीका केन्द्रीय सदस्य चम्पादेवी कार्कीले मनोनयन दर्ता गराएका छन्। नेता सिटौलाले अन्य तर्फबाट राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिँदा कार्कीले महिलातर्फबाट उम्मेदवारी दिएकी हुन्। 

सिटौलाको प्रस्तावकमा कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा कांग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की रहेका छन्। त्यस्तै कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री छन्। 

राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट पनि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। अन्यतर्फ पर्शुराम अधिकारी र महिला तर्फबाट रुकमणि कोइरालाले उम्मेदवारी दर्ता गराएकी हुन्। 

एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईसहित उपस्थितिमा दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन्। अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी रहेका छन् भने कोइरालाको प्रस्तावकमा रामप्रसाद मेहता र समर्थकमा शीला दीक्षित कार्की छन्। 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्य समूहबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ। पौडेलको प्रस्तावक भक्तिप्रसाद सिटौला र समर्थकमा रवीन्द्रप्रसाद लिङ्देन रहेको निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए। फागुन २० गते रिक्त हुने कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकाले सो पदमा निर्वाचन हुन लागेको हो। 

कोशी प्रदेशमा राष्ट्रियसभाका लागि स्थानीय तहका दुई सय ७४ र प्रदेशका ९३ सांसद गरी जम्मा तीन सय ६७ मतदाता छन्। प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक जना छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ हुन्छ।

जसअनुसार सांसदहरूतर्फ एमालेको दुई हजार एक सय २०, काङ्ग्रेसको एक हजार पाँच सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको तीन सय १८, एकीकृत समाजवादीको दुई सय १२ र जसपाको ५३ मतभार छ। गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा पाँच हजार चार सय ८३ मतभार हुनेछ। जुन एमालेको भन्दा एक हजार दुई सय ६४ ले बढी हो।

त्यस्तै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ। स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका एक सय ३७ पालिकाका दुई ७४ मध्ये एमालेका एक सय १०, काङ्ग्रेसका एक सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन्।

पालिकामा एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार एक सय ८५, माओवादीको पाँच सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको एक सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.