कोशीमा सभामुखका लागि आज निर्वाचन, सभामुख लिन राप्रपा तयार

कोशीमा सभामुखका लागि आज निर्वाचन, सभामुख लिन राप्रपा तयार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : पाँच महिनादेखि सभामुखविहीन रहेको कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठलके आजै सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारका अनुसार आज ३ बजे सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय भएको हो । सभामुख चयन गर्न सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको बैठक आज बिहानैदेखि चलिरहेको छ ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।

त्यसयता रिक्त रहेको सभामुख चयनको प्रक्रिया अझै पनि अलपत्र नै थियो । सत्तारूढ गठबन्धनको सहमतिअनुसार सभामुख राप्रपाले पाउनेछ । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी) र जसपा राप्रपालाई सभामुख दिन तयार देखिएका हुन् ।

राप्रपा पनि सभामुख लिन तयार देखिएको छ । राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ । राप्रपाले झापाका प्रदेशसभा सदस्य विष्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको हो । सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।

सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.