नेप्सेमा २० अंकको वृद्धि, कारोबार रकम ६ अर्बमाथि

नेप्सेमा २० अंकको वृद्धि, कारोबार रकम ६ अर्बमाथि

काठमाडौं :  साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा कायम भएको छ। आइतबार २६ अंकले घटेको नेप्से सोमबार ३६ अंकले बढेको थियो।

यसदिन नेप्से बढेसँगै कारोबार रकमा पनि  वृद्धि भएको छ।  ३०९ कम्पनीको १ करोड ७९ लाख  ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भएका छन्।

सो दिन  ४ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सेयर बजार दोहोरो अंक  बढ्दा १० कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लागेको छ। कर्णाली डेभलपमेन्ट बैंक,सिन्धुली विकास बैंक,कालिका लघुवित्त वित्तीय,सप्तकोशी डेभलपमेन्ट बैंक,अपर स्यांघी हाइड्रोपावरलगायत १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

आज धवलागिरी लघुवित्त वित्तीयका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ८.१९ प्रतिशतले घट्यो। कारोबार रकमका  आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड बढी रुपैयाँको सेयर कारोबार भयो।

यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंक १९ करोड,सोल्टी होटल १७ करोड,माउन्टेन इनर्जी १२ करोड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १२ करोड बढी मूल्यको सेयर कारोबार गरी कमाउने शीर्ष पाँच कम्पनीभित्र परे।

आज हाइड्रोपावर,मनु एण्ड प्रो र म्युचुअल फण्डको सूचक बाहेक अन्यको बढ्यो। डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ५.२१ प्रतिशतले बढ्यो।

फाइनान्सको ३.६१,होटल्स एण्ड टुरिजमको २.७२,माइक्रोफाइनान्सको १.११ प्रतिशतले सूचक बढेको हो। यसदिन १६५ कम्पनीको मूल्य बढ्दा ७७ वटाको घट्यो भने ५ को मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.