राष्ट्रियसभामा कांग्रेस बढ्दै, एमाले घट्दै

राष्ट्रियसभामा कांग्रेस बढ्दै, एमाले घट्दै
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : २०७४ सालमा राष्ट्रियसभामा एमालेको संख्या २९ थियो। यसमा दुई जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत पनि समावेश थिए। त्यतिबेला एमाले र माओवादी मिलेर चुनाव लडेका थिए। माओवादीको संख्या पनि उल्लेख्य नै थियो।

राष्ट्रपतिबाट एक मनोनीतसहित माओवादीको संख्या १३ थियो। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस १३ सिटमा खुम्चिएको थियो। संघीय समाजवादी फोरम  र राष्ट्रिय जनता पार्टीका २/२ जना सांसद थिए। ०७५ सालमा एमाले र माओवादी मिलेर पार्टी एकता गरी (नेकपा) बनाए। त्य

तिबेला राष्ट्रियसभा एकतिहाइ सांसदको चुनाव भयो। दुई दल मिलेर बनेको नेकपाका ४९ जना सांसद बने। कांग्रेसले ७ सिट गुमायो। कांग्रेस ६ सिटमा मात्रै सीमित बन्यो। राष्ट्रियसभा तत्कालीन नेकपाको एकपक्षीय सभा बन्यो। राजपाका २ र समाजवादीका १ जना मात्रै सांसद राष्ट्रियसभामा थिए। 

०७७ मा नेकपा विभाजित भयो। सर्वोच्चको आदेशले एमाले र माओवादी ब्युँतिए। राजनीतिक समीकरण फेरियो। माओवादीले कांग्रेससँग सहकार्य गर्‍यो। एमालेबाट अलग भई माधव नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी बन्यो। अनि, कांग्रेसको ‘भाग्य चम्कियो’।  एमालेबाहेक अरू दल मिलेर गठबन्धन बनाए। त्यही वर्ष भएको राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनमा एमाले ‘बढारियो’।

१९ सिटका लागि भएको निर्वाचनमा एमालेले एक सिट मात्रै जित्यो। गठबन्धनले १८ सिट जित्यो। कांग्रेस १० पुग्यो। माओवादी १६ पुग्यो। एकीकृत समाजवादीका ८ सांसद भए। एमालेसँग १८ जना मात्रै रहे। 

राष्ट्रियसभा एकतिहाइ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदै छ। सत्तागठबन्धनले चुनावी गठबन्धन गरेकाले एमाले अझै खुम्चिने छ। किनभने, राष्ट्रियसभाका मतदाता निश्चित रहेकाले चुनावी परिणाममा खासै फरक पर्ने छैन। 

राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन्। मनोनीतसहित ९ जनाको पद रिक्त हुँदै छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चित जस्तै छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट पनि एमालेको हुने छैन। त्यस्तो अवस्थामा एमाले नौ सिटमा खुम्चिँदै तेस्रो स्थानमा पुग्ने छ।

राष्ट्रपतिबाट मनोनीतसहित अहिले माओवादीका १६ सांसद छन्। २१ फागुनबाट तीन सांसद बिदा हुँदै छन्। तर, यो निर्वाचनबाट ६ सांसद थपिँदै राष्ट्रियसभामा माओवादीको संख्या १९ पुग्दै छ। त्यस्तै, कांग्रेसका अहिले १० सांसद छन्। चार सांसदको पद रिक्त हुँदै छ। निर्वाचनपछि १० सांसद थपिँदै छन्। कांग्रेसका १६ सांसद पुग्दै छ। 

एकीकृत समाजवादीका अहिले ८ सांसद छन्। २ जनाको पद रिक्त हुँदै छ भने २ जना नै उम्मेदवार छन्। त्यस्तै, जसपाका ३ सांसद छन्। १ सांसदको पद रिक्त हुँदै छ। १ जना थपिँदै छन्। ५९ सदस्यीय राष्ट्रियसभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत १–१ सांसद छन्। यसपटक भने निर्वाचन आयोगले मतभारमा परिवर्तन गरेको छ। जसअनुसार अब प्रदेशसभा सदस्यको मतभार ५३ पुगेको छ। त्यस्तै, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.