पोखरामा गुञ्जिंदै कन्दरा

पोखरामा गुञ्जिंदै कन्दरा
पोखरामा पुस २७ गते साँझ हुने कन्दरा लाइभ कन्सर्टका बारेमा जानकारी दिदै कन्दरा ब्यान्डका गायक विवेश श्रेष्ठ। तस्बिर : कृष्णमणि बराल।
सुन्नुहोस्

पोखरा : कन्दरा ब्याण्ड गृहनगर पोखरामा गुञ्जिंदै छ। २० वर्षपछि लोकप्रिय कन्दरा व्याण्ड पहिला घरदेश अनि परदेश, भन्ने नाराको साथ कन्दरा लाईभ कन्सर्ट पुस २७ गते साँझ पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा हुने भएको हो। 

५० को दशकमा पोखरामा उदाएको कन्दरा ब्याण्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ यति बेला ब्याण्डलाई पुनः स्थापित गर्ने गरी लागिरहेका छन्। पोखराको प्रर्दशन केन्द्रमा कन्दरा ब्याण्डले लामो समयपछि आप्नो नयाँ तथा पुराना डेढ दर्जन गीत प्रस्तुत गर्दै छ। कन्दरा साँगीतिक कार्यक्रममा कन्दराका गायक विवेक श्रेष्ठ आप्ना नयाँ पुराना गीत लिएर प्रस्तुती गर्दैगर्दा उनलाई सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पंकज झाले साथ दिनेछन्। कन्सर्टको व्यवस्थापन अल्फा स्क्वायर प्रालिले गर्ने छ। 

कन्सर्टलाई भव्यता दिन आईएसएसको साउण्ड सिस्टम र लाईट ल्याएर स्टेज तयारी गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भएको कार्यक्रम सातै प्रदेशमा आयोजना गरिने पनि श्रेष्ठले बताए। कन्सर्टले संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास पर्यटन व्यवसायीले गरेका छन्।

गीत संगीतको माध्यमबाट पर्यटन प्रवद्धनको साथै वातवारण संरक्षणमा पनि सचेत गराइने कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठले बताए। हिमाली क्षेत्रको पदयात्रामा जाउँ वा जहाँ जाउँ जाउँ खाने कुरा खाएपछि प्लास्टिक जन्य फोहोर लगायतका फोहोर देखेको बताउँदै गायक श्रेष्ठले फोहोर जथाभावी फ्याँक्ने प्रवृतिको अव अन्त्य हुनु पर्नेमा जोड दिए। 

फोहोर जथाभावी फ्याँक्ने छुट अव कसैलाई नहुने उनले बताए। नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकले फोहोर देख्दा अन्तर्राष्टमा नकरात्मक सन्देश जाने पनि उलने सुनाए। कन्सर्टमा वातावरण संरक्षण र प्रदूर्षण नियन्त्रणका विषयमा पनि सन्देश  मुलक रहने गायक श्रेष्ठले बताए। २१ वर्ष विदेश बिताएँका गायक श्रेष्ठले आफू विदेश रहँदा पनि आत्मा नेपालमै रहेको सुनाए। 

गायक विवेश आधा दशकदेखि पोखरामै छन्। आफू कहिल्यै विदेशिन नचाहेको बताउँदै कुनै पनि कलाकारलाई बिदेशिन नदिएर यहिँ बस्ने वावतारण बनाईदिन पनि उनले अग्रह गरे। कन्दरा लाई कन्सर्टमा दश हजार दर्शक आउने आयोजकको अपेक्षा रहेको छ। २०५० मा चञ्चले कान्छी पहिलो एलबमको रुपमा निकालेको कन्दराले २०५२ मा दोस्रो एल्बमका रुपमा डाँडापारी ल्याएको थियो। २०५५ मा हङकङ पोखरा, २०६२ मा चौथो एल्बम वर्षौपछि ल्याएको थियो। २०७२ मा भेडिगोठमै एल्बम बजारमा ल्याएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.