चलचित्रसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्छ : मन्त्री शर्मा
काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले चलचित्रसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्ने बताएका छन्। सञ्चार मन्त्रालय र चलचित्र जाँच समितिद्वारा शुक्रबार ललितपुरमा आयोजित सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले पुरानो कानुनका कारण यस क्षेत्रमा समस्या देखिएको भन्दै यसलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्ने बताए।
चलचित्र क्षेत्रको समस्या समाधान गर्ने गरि सुझावका आधारमा चलचित्रसम्बन्धी विधेयक संसदमा पेश गरिने उनले बताए । त्यस्तै मन्त्री शर्माले संविधानले बर्जित गरेका शब्द राखेर विज्ञापन बनाउने गरेकाले त्यसलाई रोक्नुपर्ने र विज्ञापन बोर्डले हेर्नुपर्ने बताए। उनले सेन्सर बोर्डको कार्यालय नहुँदा भएको समस्यालाई ध्यान दिएर लाग्ने र सहजीकरण गरि आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा सहभागीहरुले २०२६ सालमा बनेको चलचित्रसम्बन्धी पुरानो कानुन संशोधन गर्न आवश्यक रहेको,नवीनतम प्रविधिलाई जोड्दै यस क्षेत्रको सुधार गर्नु आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस !