छाडा गाईगोरु व्यवस्थापन गर्दै सिद्धार्थनगर

छाडा गाईगोरु व्यवस्थापन गर्दै सिद्धार्थनगर
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) कार्यालयले नगर क्षेत्रमा छाडा चौपाया (गाईगोरु) को नियन्त्रण तथा व्यवस्थापनका लागि दोस्रो पटक अभियान चलाएको गरेको छ । अभियानअन्तरगत  नगरमा छाडा अवस्थामा फेला परेका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ ।

छाडा गाईगोरुका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यकरण समेत असर परेपछि गत वर्षमा पनि पालिकाले अभियान चलाएर छाडा छाडिएका गाईगोरुको व्यवस्थापन गरेको थियो । तर, नगरवासी लगायत सचेत नहुदाँ नगर क्षेत्रमा उही समस्या पुनः दोहोरिएको छ । जसलाई निर्मूल पार्न नगरपालिका कार्यालयलाई समेत समस्या भएको छ ।

‘नगर क्षेत्रबाट छाडा गाईगोरुको समस्या निर्मुल पार्ने उद्देश्य र विश्वासका साथ अभियान चलाएर गत वर्ष छाडा गाईगोरु नियन्त्रण तथा व्यवस्थापन गरेका थियौँ’सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘तर, जुन उद्देश्य र विश्वासका साथ हामीले अभियान चलाएका थियौँ, त्यसमा नगरवासी (पशु पालक) लगायतबाट सहयोग भएन । जस अनुरुप नगरमा पुनः छाडा गाईगोरु छाडिए र फेरी दोस्रो पटक अभियान संचालन गर्नुपरेको छ ।’

उनले व्यवस्थापनपछि पालिएका गाई गोरु पुनः छाडा नछाड्न र सचेत रहन नगरवासीहरुलाई आग्रह गरे ।

अन्य पालिका,खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाई गोरु छाडा छाड्ने गर्दा छाडा चौपायाको समस्या देखिएको नगरपालिका कार्यालयले जनाएको छ । छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा, धानखेत लगायतमा नोक्सानी हुने गरेको छ ।

व्यवस्थापनका लागि नियन्त्रणमा लिइएका गाइगोरुलाई देवकोटाचोक नजिकै होल्डिङ सेन्टरमा जम्मा गर्ने गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । उनका अनुसार सेन्टरमा हालसम्म ४५ वटा छाडा गाई गोरु जम्मा गरिएको छ । होल्डिङ सेन्टरमा गाइगोरुलाई पशु चिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस, पराल खुवाएर राखिएको छ । यसका लागि नगरपालिकाले आफ्ना कर्मचारी र अन्य थप जनशक्तिको परिचालन गरेको छ । उनले नगरपालिका कार्यालयको यस अभियानमा नगरवासीहरुलाई सहभागी हुनका लागि आग्रह समेत गरिन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले छाडा गाइगोरु नियन्त्रणका लागि नगरपालिका संवेदनशिल भएर लागेको बताए । ‘नियन्त्रण तथा व्यवस्थापन गर्न सहज छैन’,  उनले भने,‘कतिपय मानिस किन मेरो गाइगोरुलाई छोपेको ? भन्दै नगरपालिकामा आएर झगडा गर्ने गर्छन् ।’

नियन्त्रणमा लिइएका छाडा गाईगोरुको गौसंरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.