दाङ बस दुर्घटना अपडेट  : थप २ जनाको सनाखत

दाङ बस दुर्घटना अपडेट  : थप २ जनाको सनाखत
सुन्नुहोस्

दाङ : दाङको भालुवाङस्थित राप्ती नदीमा भएको बस दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ। प्रहरीका अनुसार थप दुई जनासहित अहिलेसम्म १० जनाको सनाखत भएको हो।

थप सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नं. २५ निवासी ३५ वर्षीय अनिल खड्का र बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का सञ्जय केसी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख उज्ज्वल बहादुर सिंहले जानकारी दिए। 

खड्काको शव उनको जेठान गोवर्धन रावलले सनाखत गरे भने सञ्जय केसीको बुवा पदम केसीले सनाखत गरेको सिंहले जनकारी दिए। दुर्घटनामा परि मृत्यु भएका १२ जनामध्ये ८ जनाको यसअघि नै सनाखत भई सकेको छ। अन्य दुई जनाको सनाखत हुन बाँकी छ।

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.