मोटरसाइकल दुर्घटनामा परी घाइते भएका ठाकुरको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका ठाकुरको मृत्यु
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गौशाला नगरपालिका-११ कालिपुरका ४५ वर्षीय शिवनाथ ठाकुरको उपचारका क्रममा मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ठाकुरको थप उपचारका लागि भारतर्फ लैजाँदै गर्दा आइतबार बाटोमा मृत्यु भएको हो। यही पुस २७ गते गौशाला नगरपालिका-९ स्थित इमली बजारबाट डुमरबाना तर्फ जाँदै गरेको ज १२ प ६९२ नम्बरको मोटरसाइकल चलाइरहेको समयमा आफैं अनियन्त्रित भई पल्टिँदा उनी घाइते भएका थिए। 

गम्भीर घाइते भएका ठाकुरको शुभ स्वास्तिक अस्पताल बर्दिबास महोत्तरीमा सामान्य उपचारपश्चात थप उपचारका लागी काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटना ग्रस्त मोटरसाइकल ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.