नुवाकोटमा गोरु जुधाइको रौनक


नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगरमा माघे संक्रान्तिका अवसरमा बृहत् गोरु जुधाइ कार्यक्रम गरिएको छ। 

श्री शेराबगर विकाश समाजले शेराबगर गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो। जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ।

माघे संक्रान्तिको उत्सवअन्तर्गत गोरु जुधाउने एउटा परम्परा हो। गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ। नुवाकोटमा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ। 

नुवाकोटका विभिन्न स्थानका साथै रसुवा र धादिङमा पनि हरेक वर्ष माघे संक्रान्तिको अवसरमा गोरु जुधाइको आयोजना हुन्छ। नुवाकोटमा यसवर्ष ४० हल गोरु जुधाइएको छ। चन्दनीमा १६, बेत्रावतीमा नौ, पन्चकन्यामा आठ र शेराबगरमा पाँच हल गोरु जुधाइएको हो। 

nullnullnullnullnull

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.