ज्यान मार्ने धम्की दिएर फिरौती माग्ने तीन जना पक्राउ
चितवन : ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग गर्ने ३ जना पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा-१ का २६ वर्षीय दिपक विक र वडा-२६ का २५ वर्षीय सागर विक पक्राउ परेका हुन्। उनीहरूले फोन गरेर १५ लाख रकम फिरौति माग गरेर नदिए गोली हान्ने धम्की दिएका थिए।
रकम नदिए ज्यान मार्ने धम्की दिएका थिए। चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !