कालीकोटमा लोभ लाग्दो किवी खेती

कालीकोटमा लोभ लाग्दो किवी खेती
कालीकोटका अगुवा किसान हरिचन्द्र गिरीले सुरुवात गरेको किवी खेती। तस्बिर : भरतराज बिष्ट
सुन्नुहोस्

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका-११ बरातुका हरिचन्द्र गिरीले किवी खेतीको सुरुवात गरेका छन्। व्यावसायिक रुपमा तरकारी तथा फलफूल खेती गर्दै आएका जिल्लाकै अगुवा किसान गिरीले पछिल्लो समय किवी खेती पनि सुरु गरेका हुन्। 

जिल्ला सदरमुकाम मान्म बजारलाई लक्षित गरी २५ वर्षदेखि व्यावसायिक तरकारी गर्दै आएका कृषक गिरीले सुन्तला, जुनार खेतीका साथै यस वर्षबाट किवी खेती पनि सुरु गरेको बताए। उनका अनुसार परीक्षणका लागि पोखराबाट ५ र कीर्तिपुरबाट १५ गरी २० वटा किवीका बिरुवा रोपेर लोभ लाग्दो गरी फलेपछि व्यावसायिक रुपमा किवी खेती गर्न थालिएको हो। कृषक गिरीले भने, 'बराँतुमा रहेको २ रोपनी जग्गामा किवी खेती गर्नका लागि १ हजार २ सय बिरुवा रोपेको छु। किवीको बिरुवा रोपेको ३ वर्षपछि फल्न थाल्छ। सबै बिरुवा फल्न थालेपछि राम्रो आम्दानी लिन सकिन्छ।'

कालीकोटमा यसअघि कसले पनि किवी खेती गरेको थिएन। कृषक गिरी जिल्लाकै पहिलो किवी खेती गर्ने किसान हुन्। नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने उनी बताउँछन्। गिरीले गरेको किवीबाट एक बिरुवाबाट १ क्विन्टलसम्म फलेको छ। किवी प्रति किलो ३ सय रुपैयाँका दरले बिक्री हुन्छ। 

अहिले भएका २० वटा बिरुवाबाट वार्षिक रुपमा २० क्विन्टल किवी उत्पादन भइरहेको छ। जसबाट ६ लाख आम्दानी हुने गरेको छ। समुन्द्री सतहदेखि ८ सयदेखि २ हजार ५ सय मिटरसम्मको उचाइमा किवी खेती हुने गर्छ। जुन भूभाग कालीकोटमा धेरै छ। जसमा किवी खेती गरेर थोरै लगानीमा समेत धेरै लाभ लिन सकिन्छ। किवीको एक बिरुवाको १ सय रुपैयाँ पर्छ। 

किवीलाई बढी पौष्टिक आहारको रुपमा समेत लिइन्छ। परम्परागत अन्नबालीको खेतीबाट भन्दा किवी खेतीबाट ३ गुणा बढि आम्दानी हुने गिरीको भनाइ छ। उनका अनुसार अब आफूसँग भएको सबै जमिनमा किवी खेती विस्तार गर्ने योजना पनि रहेको छ। 

न्यून लगानीमा धेरै आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी खेतीका लागि स्थानीय सरकारले भने कुनै चासो दिएका छैनन्। युवाहरू विदेश जान भन्दा गाउँमै पैसा फलाउने व्यवसाय रोज्नुपर्ने कृषक गिरीको सुझाव छ। किवीलाई सिधैं खान स्वादिष्ट हुनुका साथै प्रशोधन गरेर जुस, वाइन लगायत पेय बनाएर उपभोग गर्न सकिने उनले बताए। 

फलफूलको राजा उपनामले परिचित फल किवीलाई बजारीकरण गर्न समस्या नरहेको उनको अनुभव छ। स्थानीय सरकारले शीतभण्डारको व्यवस्था गरिदिएमा किवीलाई लामो समयसम्म स्टोर गरेर बर्षेभरी नै बिक्री वितरण गर्न सकिने उनको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.