बुटवलमा तीन दिन विद्यालय बन्द हुने

बुटवलमा तीन दिन विद्यालय बन्द हुने
सुन्नुहोस्

बुटवल : चिसो अत्यधिक बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए। ‘मौसम हेरेर तीन दिनपछि बिदा थप गर्ने वा रोक्ने पछि निर्णय गर्छौं’, खनालले भने,‘अहिललेलाई तीन दिनमात्र बिदा हो।’ 

उनका अनुसार बुटवल उपमहानगरपालिकाभित्र सामुदायिक ३९ र संस्थागत ५९ गरी कुल ९८ वटा विद्यालय छन्। ९ वटा मन्टेश्वरी छन्। नर्सरीदेखि कक्षा १२ सम्म उपमहानगरपालिकाभित्र कुल ६७ हजार २ सय ५६ जना विद्यार्थी अध्ययनरत छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.