पत्रकार महतोमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन

मधेसी आयोगद्वारा दोषीलाई कारबाहीका लागि पत्राचार

पत्रकार महतोमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन
सुन्नुहोस्

बर्दिवास : अन्नपूर्ण पोस्टका सिनियर रिपोर्टर राजकरण महतोमाथि काठमाडौंमा भएको भेद्‍भावजन्य दुर्व्यवहार भएको घटनाको बिरोधमान महोत्तरीको बर्दिवासमा विरोध प्रदर्शन गरिएको छ। 

घटनाको विरोध गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन पत्रकार, साहित्यकार, कलाकारसहित स्थानीय युवाहरूले सोमबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

उनीहरूले बर्दिवासस्थित सिन्धुली रोडमा साम्प्रदायिक सद्‍भाव विथोल्न खोज्नेलाई कानुनी कारबाही गर्, पत्रकार राजकरण महतोमाथि भेद्‍भावजन्य दुर्व्यवहार गर्नेलाई पक्राउ गर्, रंग र पहिरनको आधारमा गरिने विभेद अन्त्य गर्, बहुजातीय पहिचानको रक्षा गर सहितका नाराहरू उल्लेखित प्लेकार्ड बोकेर सांकेतिक विरोध गरेका थिए।

प्रदर्शनमा सहभागी प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले कुनै नेपालीमाथि हुने विभेद सह्य नहुने बताए। उनले देशकै राजधानीमा पत्रकार महतोलाई गरिएको सामाजिक विभेदको घटनाप्रति खेद प्रकट गरे। 'सामाजिक सद्‍भाव विगार्न खोज्ने यस्ता घटनाको खुलेर विरोध गर्नैपर्छ,’ उनले भने।

नेपाल प्रेस युनियन महोत्तरी शाखाका अध्यक्ष सन्तोष सिंहले पटकपटक दोहोरिने यस्ता घटना निन्दनीय रहेको उल्लेख गरे। उनले पत्रकार राजकरण महतोलाई दुर्व्यवहारसँगै कुटपिट गर्नसम्म खाज्नेलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरे।

null

आइतबार पत्रकार महतो कोटेश्वरबाट पैदल तीनकुने जाने क्रममा तीनकुनेस्थित सडक किनारमा रोकिराखेको बा २ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामक गाडीका कन्डक्टर र चालकले पत्रकार महतोलाई भेद्‍भावजन्य दुर्व्यवहार गरेका थिए। ती गाडीका कर्मचारीहरूले बिनाकारण ‘भैंया’ भनेर अभद्र व्यवहारसँगै गालीगलोज गर्दै उनीमाथि कुटपिटको प्रयास समेत गरेका थिए। 

पत्रकार महतोले सार्वजनिक अभद्र व्यवहार तथा गाली बेइज्जती कसुरमा दोषीहरूलाई पक्राउ गरी घटनाको अनुसन्धान गर्न प्रहरी वृत्त नयाँ बानेश्वर र मधेसी आयोगमा उजुरी समेत दर्ता गराइसकेका छन्। उजुरी दर्तापछि प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले गाडी, गाडी चालक र कन्डक्टरलाई पक्राउ गर्न प्रहरी खटाइएको बताए। 

यता, मधेसी आयोगले भने घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन सोमबार प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ। घटना सम्बन्धमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखा, मधेसी पत्रकार समाज, जिल्लास्थित नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, बर्दिवास नगर पत्रकार सञ्जाल, गौशाला नगर पत्रकार सञ्जालसहितका पत्रकारसम्बद संघसंस्थाहरूले प्रेस विज्ञप्ति निकालेर घटनाको घोर भत्र्सना गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

nullnullnullnull


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.