जनमत पार्टी मधेस सरकारबाट बाहिरियो

जनमत पार्टी मधेस सरकारबाट बाहिरियो
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो। शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए। 

सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेस सरकारबाट जनमत पार्टी अलग भएको छ। 'मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेका छौं,’ सांसद चन्दन सिंहले भने।

पार्टीका संसदीय दलका नेता तथा मन्त्री महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए। ‘मसहित मधेस सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ। केही बेरमा राजीनामा बुझाउदेछौं,’ उनले भने, ‘नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं।’

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ। मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ। हिजोमात्र सप्तरीमा मधेस कृषि विद्यालयको शिलान्यास कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि हुँदा जनमतले विरोध जनाएको थियो। सोही क्रममा मन्त्रीसहित ३ जना सांसद घाइते भएका थिए भने दजनौं कार्यकर्ता घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.