खुलामञ्चमा चल्यो डोजर (फोटो फिचर)
काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चमा डोजर चलाएको छ। मैदान सम्म पार्न डोजर चलाइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
महानगरले खुलामञ्चलाई फुटबल मैदान बनाउने निर्णय गरेको थियो। त्यसको चौतर्फी विवाद भइरहेको छ। खुलामञ्चलाई खुलामञ्चकै रूपमा रहन दिन अभियन्ताहरूले माग गरिरहेका छन्।
महानगरका प्रहरी उपरीक्षक राजु पाण्डेले मैदान बनाउने कार्य तत्काल कार्यान्वयन नगरिने बताए। उनले मैदान सम्म गरेर सर्वसाधारणका लागि खुला गर्ने बताए। 'फुटबल मैदान बनाउने निर्णय भए पनि तत्काल त्यो निर्णय कार्यान्वयन हुँदैन। मैदान सम्म बनाएर सर्वसाधारणका लागि खुला गर्ने तयारीमा छौं,' अन्नपूर्णपोस्ट्सँग उनले भने।